चितवन / चितवनमा गत वर्ष नयाँ नागरिकता लिनेको संख्या बढेको छ । आव २०७७÷०७८ मा १३ हजार १८ ले नयाँ नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
प्रशासन चितवनका अनुसार अघिल्लो आव २०७६÷०७७ मा आठ हजार २७० ले नयाँ नागरिकता लिएका थिए । कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार राष्ट्रिय परिचयपत्र बनाउनका लागि पनि नागरिकता अनिवार्य भएका कारण नागरिकता बनाउनेको संख्या बढेको हो ।
गत वर्ष २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता, तीन जनाले अङ्गीकृत नागरिकता, ४६३ ले नाबालक परिचयपत्रको आधारमा र १३ हजार ३०७ ले प्रतिलिपि नागरिकता लिएका छन् । अघिल्लो आवमा भने ३१ ले वैवाहिक अङ्गीकृत, दुई जनाले अङ्गीकृत, ७६७ नाबालक परिचयपत्रको आधारमा तथा छ हजार ६४५ ले प्रतिलिपि नागरिकता लिएको उनले जानकारी दिए ।
सोही अवधिमा जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि नौ हजार १९४ को फारम दर्ता गरिएको छ । अघिल्लो आवमा १६ हजार ५१५ जनाले राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका थिए । अहिले राष्ट्रिय परिचयपत्र चार हजार जनाको बनेर आएको र २०० ले मात्रै लगेको पौडेलले बताए । कार्यालयमा गत आव २०७७÷०७८ मा नौ हजार ४९४ ले राहदानीका लागि सिफारिस लिएका छन् ।
वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि उनीहरुले राहदानीको सिफारिस लिएका हुन् । उनीहरुमध्ये आठ हजार ४७५ ले साधारण सिफारिस र एक हजार १९ जनाले द्रुत सेवाका लागि सिफारिस लिएका हुन् । कार्यालयमा अघिल्लो आवमा राहदानीका लागि १२ हजार ४१९ ले सिफारिस लिएका थिए । तीमध्ये १० हजार ३६५ ले साधारण र दुई हजार ५४ जनाले दु्रत सेवा लिएको उनले बताए ।
- ADVERTISEMENT -
चितवनमा एक वर्षमा नागरिकता लिनेको संख्या १३ हजार बढी
August 5, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -