April 13, 2024

चितवनमा थप २२३ मा कोरोना पुष्टि

August 6, 2021

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा २२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ६९३ वटा पिसिआर परीक्षण र २०९ वटा एन्टीजेन परीक्षणमा २२३ जनामा पोजिटिभ देखिएको
जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ३३२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना संक्रमितको मृत्यु भएको छ ।

- ADVERTISEMENT -