April 12, 2024

७८ लाख मूल्य बराबरको अवैध मोबाइल बरामद

August 6, 2021
File Photo.

नवलपुर / भन्सार छलेर ल्याउँदै गरेका ७८ लाख मुल्य बराबरका अवैध मोवाइल सेट प्रहरीले बरामद गरेको छ । जिल्लाको विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ राजमार्गबाट विभिन्न ब्राण्डका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय दुम्कीबासको टोलीले बिहीबार राति ११ बजे पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको प्रदेश ३–०१–०२३–च–५५४४ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त मोबाईल बरामद गरेको हो । बरामद गरिएका अवैध मोबाइल भन्सार कार्यालय पठाउने प्रहरीको तयारी भइरहेको बताइएको छ ।
भन्सार छलेर मोबाइल ल्याउने चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ८ का अर्जुन ढकाल र भरतपुर २१ का ईन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु दुबैजनालाई दुम्कीबास प्रहरीको हिरासतमा राखिएको छ ।
नवलपरासीको नाकाबाट अवैध रुपमा भन्सार छलेर सामानहरु भित्रन थालेपछि नवलपुर प्रहरीले चेकजाँचलाई कडा पारेको छ ।

- ADVERTISEMENT -