चितवन / चितवनको खैरहनी नगरपालिका भित्र १५ हजार भन्दा बढिले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । गत वर्षका फागुन देखि हाल सम्म १५ हजार ३७८ जनाले कोरोना विरुद्धको खोप लगाएको नगरपालिकाले जनाएको छ । खोप अभियान अन्र्तगत ८ पटक सम्म खोप कार्यक्रम संचालन गरिएको थियो ।
जसमा महिला ७ हजार ४६० र पुरुष ७ हजार ९१८ जना रहेका नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नविन अधिकारीले जानकारी दिए । उनका अनुसार यहाँका नगरवासीले कोभिशिल्ड,भेरोसिल र जोन्सन खोप लगाएका छन् । पछिल्लो पटक साउन १४ देखि १६ गते सम्म संचालन भएको खोप अभियानमा ५ हजार १९६ जनाले खोप लगाएका थिए । खोप लगाएका मध्ये ६ हजार २०९ जनाले कोरोना विरुद्धको खोपको डोज पुरा गरेका छन् भने ९ हजार १६९ जनाले पहिलो मात्रा खोप लगाएका जनस्वास्थ्य निरीक्षक अधिकारीले बताए ।
नगरभित्र कोभिशिल्ड खोप लगाएका २ हजार १२६ जनाले अझै दोश्रो डोज लगाउन पाएका छैनन् । उनीहरुले पहिलो डोज गत फागुन महिनाको अन्तिममा लगाएका थिए । तर झण्डै पाँच महिना बित्न लाग्दा समेत उनीहरुले मात्रा पुरा गर्न पाएका छैनन् । कोभिशिल्ड खोप भारतले उत्पादन गरेको हो । दोश्रो मात्राका लागि खोप किन्न पैसा पठाइसकेपनि भारतले खोप पठाएको छैन् । कोभिशिल्ड लगाएका ३१२ जनाले भने डोज पुरा गरेका छन् । पहिलो मात्रा अन्यत्र लगाएका उनीहरुले दोश्रो डोज खैरहनीबाट पुरा गरेका हुन् ।
खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले प्रमुख जिल्ला अधिकारी,स्वास्थ्य कार्यालय चितवनसंग निरन्तरको समन्वयले पछिल्लो समय खोप कार्यक्रममा केही सहज भएको बताए । खैरहनीमा पछिल्लो तथ्याङ्क अनुसार करिब ६८ हजार जनसंख्या छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

खैरहनीमा १५ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.63
154.23

European Euro
1
175.15
175.83

UK Pound Sterling
1
205.56
206.37

Swiss Franc
1
189.19
189.93

Australian Dollar
1
106.81
107.23

Canadian Dollar
1
109.07
109.50

Singapore Dollar
1
118.85
119.32

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.66
22.75

Saudi Arabian Riyal
1
40.90
41.06

Qatari Riyal
1
42.15
42.31

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.83
41.99

Malaysian Ringgit
1
37.67
37.82

South Korean Won
100
10.28
10.32

Swedish Kroner
1
15.87
15.93

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
19.60
19.68

Kuwaity Dinar
1
499.20
501.15

Bahrain Dinar
1
407.45
409.04

Omani Rial
1
399.02
400.58













