January 13, 2025
- ADVERTISEMENT -

रत्ननगरको सवारी दुर्घटनामा एक जनाको मृत्यु

August 7, 2021

चितवन / रत्ननगरको सौराहाचोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति सौराहाचोकबाट सौराहातर्फ जाँदै गरेको बागमती प्रदेश ८९३१ नम्बरको मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिई विपरित दिशातर्फबाट आइरहेको ना १ ज ४८५९ नम्बरको ट्याक्सीमा ठोक्किँदा मोटरसाइकलमा सवार रत्ननगर–१२ निवासी सन्देश चौधरीको घटनास्थलमै ज्यान गएको हो ।
मोटरसाइकलले ठक्कर दिई घाइते भएका पैदल यात्रु रत्ननगर १ निवासी कृष्णलाल श्रेष्ठको भने सामान्य अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -