January 21, 2025
- ADVERTISEMENT -

चितवनमा थपिए एकैदिन १७३ संक्रमित, तीन जनाको मृत्यु

August 7, 2021

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकामा ११९ जना, खैरहनी नगरपालिकामा ५ जना, माडीमा १२ जना, रत्ननगरमा २७ जना, राप्ती नगरपालिकामा तीन जना, कालिकामा चार जना र इच्छाकामनामा तीन जना रहेका छन् ।
यस्तै विभिन्न अस्पतालबाट २० जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यसैगरी चितवनका अस्पतालमा २६१ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ९१ जना, भेन्टिलेटरमा ३० जना, एचडीयूमा ५० जना र जेनरल बेडमा १२० जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवन मेडिकल कलेजमा चितवनका दुई जना र भरतपुर अस्पतालमा नवलपरासीका एक जनाको मृत्यु भएको हो ।
चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ४३३ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार २३२ जना, अस्पतालको आइसोलेसनमा १८८ जना र सार्वजनिक आइसोलेसनमा १३ जना रहेका छन् । हालसम्म चितवनमा कोरोना संक्रमणबाट ३४६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -