January 24, 2025
- ADVERTISEMENT -

पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु

August 7, 2021

चितवन / नारायणी नदीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । चितवन भरतपुर म.न.पा. १ देवघाट स्थित नारायणी नदिमा पौडी खेल्ने क्रममा आज शनिबार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. १० बस्ने वर्ष २७ का रंजन आचार्य हुन् । पौडी खेल्ने क्रममा आचार्य डुबेको उनका साथीले देखेपछि उद्धार गरिएको बताइएको छ ।
निजलाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको र दिउँसो सवा ४ बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले निजको थप अनुसन्धान भइरहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -