January 13, 2025
- ADVERTISEMENT -

किरण गजमेर ‘द भ्वाइस अफ नेपाल ३’का विजेता

August 8, 2021
Photo : Google

काठमाडौं / ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि किरण गजमेरले उचालेका छन् । उपाधिसहित उनले नगद २५ लाख रुपैयाँसमेत प्राप्त गरेको छ । उनी प्रमोद खरेलको टिमबाट फाइनलसम्म प्रवेश गरेका हुन् ।
यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् ।
यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो ।
एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए भने गजमेरले सर्वाधिक भोट ल्याएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -