२०८२ असार ३, मंगलवार
June 17, 2025
२०८२ असार ३, मंगलवार
June 17, 2025 Tuesday

लागु औषधसहित एक जना पक्राउ

प्रकाशित मिति : २०७८ श्रावण २८ गते
- ADVERTISEMENT -

चितवन / प्रतिबन्धित लागु औषधसहित एक जना पक्राउ परेको छ । चितवन प्रहरीले पूर्वी चितवनको कालिका नगरपालिका ३ मिलिजुलीटोलबाट स्थानीय २४ वर्षीय बिजय सुनारलाई मंगलबार पक्राउ गरेको हो ।
पोलिथिनको झोला बोकी शंकास्पद अवस्थामा हिँड्दै गरेको उनलाई चेकजाँच गर्ने क्रममा लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट एक हजार पाँच सय थान निट्राजिपाम ट्याब्लेट आइपी र निट्राभेट १० ट्याब्लेट बरामद गरेको छ । उनलाई लागु औषध ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

- ADVERTISEMENT -