चितवन / गत वर्ष २०७८ फागुन २३ देखि चैत १ गतेसम्म कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप दिइने भएको छ । आज साउन २८ र भोली २९ गते दोस्रो मात्रा खोप दिन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएका जानकारी अनुसार कोभिड–१९ खोप समन्वय तथा अनुगमन समिति चितवनको साउन २२ गतेको निर्णय अनुसार कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो ।
दोस्रो मात्रा लगाउन बाँकी रहेका लक्षित समूहका व्यक्तिहरुले आआफ्नो वडाको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गई सेवा लिन सक्ने कार्यालय प्रमुख दिपकप्रसाद तिवारीले बताए । उनले खोप लगाउन आउँदा अनिवार्य माक्सको प्रयोग गर्न, खोप कार्ड र परिचयपत्र लिएर आउने, सामाजिक दूरी कायम गरी पालोमा बस्ने र खोप केन्द्रमा भिडभाड नगर्न अनुरोध समेत गरे । सो समूहमा ६५ वर्षमाथिका बृद्धाबृद्धाले कोभिसिल्ड खोप लगाएका थिए ।
भुटान र जापानबाट ‘एस्ट्राजेनेका’ खोप आइसकेपछि मन्त्रालयले कोभिसिल्डका रूपमा उक्त खोप लगाउन थालेको हो । कोभिसिल्ड र एस्ट्राजेनेका खोप एउटै कम्पनी र एउटै सूत्रमा बनेकाले लगाउँदा केही फरक नपर्ने जनाउँदै कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रूपमा एस्ट्राजेनेका लगाईने मन्त्रालयले जनाएको छ । करिब साढे चार महिनापछि कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाएका हुन् ।
भुटानबाट २ लाख ३० हजार र जापानबाट ५ लाख १३ हजार खोप आइसकेपछि ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको हो । गत फागुन र चैतमा ‘कोभिसिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । तर दोस्रो मात्राका लागि खरिद गरिएको खोप भारतबाट नआएपछि ती ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिएनन् ।
कोभिसिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधा दुवैले तत्काल ‘कोभिसिल्ड’ खोप दिन नसक्ने जनाएपछि मन्त्रालयले ‘कोभिसिल्ड’ को सट्टामा त्यस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनेका’ दिने निर्णय गरेको थियो ।
चितवनमा आज र भोलि दोस्रो मात्राको रुपमा ‘एस्ट्राजेनेका’ खोप लगाइँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












