February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एकैदिन ४३३ जना कोरोनामुक्त, संक्रमित थप ५० जना

August 13, 2021

मकवानपुर / मकवानपुरमा एकै दिन ४३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ४०३ जना शुक्रबार संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै ३५६ जना भीमफेदी गाउँपालिकाका रहेका छन् ।
यसैगरी, संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६३ जना, थाहानगरपालिकाका १ जना, मकवानपुरगढी गाउँपालिकाका ३, कैलाश गाउँपालिकाका एक जना, मनहरी गाउँपालिका ६ जना, बकैया गाउँपालिकाका २ जना र राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन् ।
यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हनार ४ सय ४४ जना पुगेको छ ।
त्यस्तै, थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ११४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार ९४ जनाको पीसीआर परीक्षण गर्दा ४२ जनामा र २० जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३९ जना, थाहानगरपालिकाका ३, मकवानपुरगढी र राक्सिराङ गाउँपालिकाका एक÷एक जना, भीमफेदी, मनहरी र बकैया गाउँपालिकाका २÷२ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म १४ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी जिल्लामा हालसम्म कोरोनाभाइर (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५४ जना पुगको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको कूल संख्या १५४ जना पुगेको हो । पछिल्लो २४ घण्टामा हेटौंडा उपमहानगरपालिकाका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय जनाएको छ ।

- ADVERTISEMENT -