January 21, 2025
- ADVERTISEMENT -

विदेश जानेको चाप बढेसँगै थप तीन अस्पतालबाट खोपको प्रमाणिकरण 

August 14, 2021

काठमाडौं / सरकारले विगतमा कोरोना विरुद्धको भ्याक्सिन लगाएका व्यक्तिलाई वैदेशिक यात्राको प्रयोजनका लागि थप तीन अस्पतालबाट खोपको प्रमाणिकरण गर्न दिने व्यवस्था गरिएको छ ।
गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अतिरीक्त पाटन, नेपाल प्रहरी तथा निजामती अस्पतालबाट प्रमाणीकरण गर्न सकिने व्यवस्था मिलाइएको जानकारी गराएको हो ।
यसअघि टेकु अस्पतालबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो । विदेश जाने मानिसको चाप बढ्दै गएकाले उक्त व्यवस्था गरिएको जारी सूचनामा उल्लेख छ ।
यसअघि उपत्यका बाहिरका ५० शैयाभन्दा माथिका सरकारी अस्पताल समेतबाट खोप प्रमाणीकरण गर्ने व्यवस्था छ । जारी सूचनामा कतिपय मुलुकले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको सन्दर्भलाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेव साइट https://vaccine.mohp.gov.np/ मा खोप लगाएको विवरण प्रविष्ट गरी प्रमाणीकरण गर्न सकिनेछ ।
आवश्यक कागजात अनलाइन फर्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गरी उक्त कोड प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।
यसरी अपलोड भएका कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइनबाट स्वतःप्रमाणीकरण हुने हुनाले क्यूआर कोड सबैले पाउने व्यवस्था मिलाइएको छ । यस विषयमा कुनै समस्या परेमा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झा (मोवाइल ९८४३२८४३५२ मा) लाई सम्पर्क गर्न सकिने गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -