January 15, 2025
- ADVERTISEMENT -

युवा गायक जिवी सुनारको ‘छाती चर्किन्छ’ तीज गीत सार्वजनिक (With Video)

August 15, 2021

चितवन / युवा गायक तथा संगीतकार जिवी सुनारको तीज गीत ‘छाती चर्किन्छ’ बजारमा आएको छ । आफ्नै लय तथा शब्द संकलनमा तयार भएको गीतमा आवाजमा भने सिनर्जी राइजिङ स्टार अनामिका मल्ल, विनोद गजमेर र करण विकले साथ दिएका छन् ।
माइती र चेलीबीचको विषयवस्तुलाई संवादको रुपमा गीतमार्फत दर्शक स्रोतासमक्ष पस्किने प्रयास गरिएको गायक तथा संगीतकार सुनार बताउँछन् । गीतको संगीत संयोजन भने महेशबिक्रम पाण्डेले गरेका हुन् ।
गायक तथा संगीतकार सुनार आफैँले निर्देशन गरेको गीतको भिडियोमा भने लक्ष्मी थापा, शंकर खड्का, अम्बिका पाठक, शितल खड्कालगायतका कलाकारलाई अभिनयमा देख्न सकिन्छ ।
सन्तोष सुनार र अर्जुन चापागाईँले खिचेको भिडियोको सम्पादन भने सन्तोष सुनारले गरेका हुन् । करिब एक दशकयता मोफसलमै बसेर गीत संगीतमार्फत चर्चामा रहेका गायक तथा संगीतकार सुनारले थुप्रै लोक तथा दोहोरी गीतका साथै तीजका गीत, दसै तिहारसम्बन्धी गीतहरु बजारमा ल्याइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -