चितवन / जिल्ला अदालत चितवनले सुजिताको व्वाईफ्रेण्ड भनिएका सुकदेव भण्डारीसंँग ५० हजार धरौटी माग गरेको छ । भण्डारीले जरिवाना बुझाउन नसकेपछि सोमबार कारागार चलान भएका छन् ।
अदालतका श्रेस्तेदार ईश्वर आचार्यका अनुसार जिल्ला न्यायाधिश प्रकाशकुमार अधिकारीको ईजलासले थुनछेक बहसपछि सुकदेवलार्ई ५० हजार धरौटी माग गरेको थियो । मृतक सुजिताको ठूलो बुबाका छोरा सुकदेव विरुद्ध आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दायर भएको थियो ।
उनकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिएकी थिइन् । त्यसको भोलिपल्टै प्रहरीले सुकदेवलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरी चितवन ल्याएको थियो ।
राप्ती नगरपालिका–३ की २३ वर्षीय सुजिता असार ११ गते बिहानै घरबाट साथीको घरमा जान्छु भनेर निस्केकी थिइन । त्यसको केही समयपछि आफू अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजी गरेको थियो । तर घरबाट निस्केको नौ दिनपछि असार २० गते साँझ उनको शव जंगलमा सडेको अवस्थामा भेटिएको थियो ।
काठमाडौं त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि मृत्युको कारण खुल्न सकेको छैन । भिसेरा परीक्षणका लागि नमुना पठाएपनि हालसम्म रिपोर्ट नआएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -
सुजिता भण्डारी मृत्यु प्रकरण : ५० हजार धरौटी दिन नसक्दा जेल चलान
August 17, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -