२०८२ असार २४, मंगलवार
July 8, 2025
२०८२ असार २४, मंगलवार
July 8, 2025 Tuesday

नेपालको नेतृत्वमा ‘नेकपा एमाले समाजवादी’ पार्टी दर्ता गर्ने

प्रकाशित मिति : २०७८ भाद्र २ गते

काठमाडौँ / नेकपा एमाले विभाजन भएको छ । माधव कुमार नेपाल पक्षको आज बसेको बैठकले माधव कुमार नेपालको नेतृत्वमा ‘नेकपा एमाले समाजवादी’ पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।
बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसंगै माधव पक्षले नयाँ दल दर्ता गर्ने निर्णय गरेको हो ।
नेकपा एमाले समाजवादीको अध्यक्षमा माधव नेपाल रहने छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुने जनाइएको छ । सो दलको चुनाव चिन्ह खुला किताब प्रस्ताव गरिएको छ ।
सो निर्णय भएलगत्तै माधव पक्ष दल दर्ताको लागि निर्वाचन आयोगतर्फ लागेको छ ।
लामो समयदेखि एमालेभित्र विवाद चल्दै आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेकै सांसदहरुले विश्वासको मत दिएसंगै विवाद चुलिएको हो ।
एमाले अध्यक्ष ओलीले माधव नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताउँदै आएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -