मकवानपुर / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गर्ने निर्णय गरेपछि बागमती प्रदेशमा माधव पक्षको नेतृत्व गरिरहेकी अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता बनाई मुख्यमन्त्री बनाउने रणनीतिमा एमाले छ ।
नेकपा एमाले विभाजन भएपछि राजनीतिक र प्राविधिक रुपमा डोरमणि पौडेलको सरकार स्पष्ट अल्पमतमा थियो ।
एमालेको माधव पक्ष र ओली पक्ष दलगत हिसाबले एउटै भएकाले पौडेलको सत्ता टिकिरहेको थियो । यसअघि पनि बारम्बार पौडेललाई मुख्यमन्त्रीबाट राजीनामा दिन एमालेकै माधव पक्षका सांसद्हरुले माग गर्दै आएका थिए ।
मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलको नेताबाट राजीनामा
August 18, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -