January 13, 2025
- ADVERTISEMENT -

नारायणगढमा एक महिला मृत फेला

August 19, 2021
Photo : Halkaro

चितवन / चितवनको पुल्चोकमा एक महिला मृत अवस्थामा फेला परेको छ । वडा प्रहरी कार्यालय नारायणगढ जाने सडक नजिकै उक्त महिलाको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज बिहीबार बिहान अन्दाजी २८ वर्षकी उक्त महिला मृत अवस्थामा फेला परेको हो । मृत भेटिएकी ती महिलाको परिचय नखुलेको र शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको प्रवक्ता थापाले जानकारी दिए ।
उक्त महिला नारायणगढ बजारमा मागेर खाने हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -