Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अलपत्र ४ सय ३७ नेपाली उद्धारको पर्खाइमा

प्रकाशित मिति : २०७८ भाद्र ३ गते
Photo : Google

काठमाडौं / सशत्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७ जना नेपाली अफगानिस्तानमा उद्धारको पर्खाइमा छन् ।
नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाएका दुईवटा मेनपावर कम्पनीले यस्तो जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाउने कार्यमा संस्थागत रूपमा संलग्न दुईवटा मेनपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउन निर्देशन दिएको थियो ।
सोही निर्देशनअनुसार काठमाडौंको एफएसआई ओल्ड मेनपावर कम्पनी र युनिभर्सल कनेक्सन मेनपावर कम्पनीले सो जानकारी गराएको विभागले जनाएको छ ।यी दुई मेनपावर कम्पनीले हालसम्म अफगानिस्तानबाट ३ सय ३० जना नेपाली कामदारको सकुशल उद्धार भइसकेको जानकारी दिए । मेनपावर कम्पनीले विभागलाई ३ सय ३० जना कामदारलाई उनीहरू कार्यरत सम्बद्ध नियोग र कार्यालयले कतारको राजधानी दोहामा ल्याइसकेको जानकारी दिएको छ ।
विभागले पनि अहिलेसम्म ४ सय ३७ जना नेपाली सम्पर्कमा आएर काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार गर्न जाने विमानको प्रतीक्षामा रहेको जानकारी सम्बन्धित मेनपावर कम्पनीले दिएको बताएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीले दुईवटा मेनपावरबाट संस्थागत रूपमा अफगानिस्तान पुगेकाहरूको धमाधम उद्धार थालिएको बताए । विभागका अनुसार श्रम स्वीकृति लिएर अफगानिस्तान पुग्नेहरूको संख्या करिब १ हजार ५ सय जना रहेको छ ।
छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट त्यहाँ पुग्नेहरूको संख्यासहित हाल अफगानिस्तानमा कति जना नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन । त्यहाँ कार्यरत नेपाली कामदारहरूको भनाइअनुसार वैधानिक र अवैधानिक रूपमा गरी हाल अफगानिस्तानको विभिन्न ठाउँमा करिब १४ हजार नेपाली नागरिक रहेका छन् ।
काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा कार्यरत नेपालीलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयलाई औपचारिक पत्राचार पनि गरेको थियो । मंगलबार काठमाडांै आइपुगेका सबै नेपाली कामदारलाई अमेरिकाले आफ्नो खर्चमा उद्धार उडानमार्फत स्वदेश फर्काइदिएको हो ।
सरकारी तथ्यांकअनुसार हालसम्म अफगानिस्तानमा करिब १ हजार ५ सय नेपाली विभिन्न देशको कूटनीतक नियोगमा कार्यरत रहेको पाइएको छ । अहिलेसम्म सम्पर्कमा आएकाहरूलाई सम्बन्धित देशकै नियोगहरूले उद्धार गरेर नेपाल पठाउन थालेका हुन् । आजको राजधानी दैनिकमा खबर छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77