ललितपुर / महानगरीय प्रहरी परिसर ललितपुरले यौन व्यवसाय सञ्चालन गरेको आरोपमा हेटौंडाकी ४२ वर्षीया गिता खड्गीलाई पक्राउ गरेको छ ।
हेटौंडा घर भई ललितपुर महानगरपालिका–८ पाटन सुन्धारा बस्ने खड्कीलाई यौन व्यवसाय सञ्चालन गर्दै आएको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।
प्रहरीले खड्गीसहित अन्य ७ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२८ ढल्कु बस्ने ५० वर्षीय राजेश अग्रवाल, रुकुम पेउघाट गाउँपालिका–८ घर भई काठमाडौं महानगरपालिका–६ कुमारीगाल बस्ने २३ वर्षीया ललिता विक, बर्दिया ठाकुरबाबा नगरपालिका घर भई काठमाडौं बुढानीलकण्ठ नारायणस्थान बस्ने २९ वर्षीय सुनिल बिष्ट, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ बाह्रविसे घर भई काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका–७ घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्य रहेका छन् ।
ललितपुर महानगरपालिका–३ कान्तिपुर हाईटस्थित अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय सञ्चालन गर्दै आएको भन्ने विशेष सूचानको आधारमा पुगेको टोलीले उनीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
- ADVERTISEMENT -
यौन व्यवसाय सञ्चालन गरेको आरोपमा एक जना पक्राउ
August 19, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -