चितवन / ‘लुकेर तिमी नहेर धड्किन्छ यो मेरो दिल’ बोलको गीत युट्युब मार्फत् सार्वजनिक गरिएको छ । करिब १८ वर्ष अगाडि आफ्नै संगीतमा रेकर्ड गरेका संगीतकार दिपक प्रधानले उक्त गीत युट्युब मार्फत् सार्वजनिक गरेको हो ।
ड्रिम्स स्टुडियो काठमाडौँमा रेकर्ड गरिएको उक्त गीतको स्वर सञ्जिव प्रधानको रहेको छ भने रचनाकार विज्ञानलाल श्रेष्ठको युट्युब च्यानलमार्फत् बजारमा ल्याएको हो ।
‘लुकेर तिमी नहेर धड्किन्छ यो मेरो दिल’ गीत समावेश रहेको एल्बम ‘हिँड्दा हिँड्दै’ लाई चितवन महोत्सव–२०५९ को अवसर पारेर नायिका निरुता सिंहबाट १८ वर्ष अगाडि बिमोचन गरिएको थियो ।
आठ वटा गीत रहेको उक्त एल्बमको सो गीत छायाकंन पनि गरिएको थियो । उक्त गीतको भिडियोमा गायक स्वयम् संजीव प्रधान र कविता मोडेलले अभिनय गरेका छन् भने दिलिप श्रेष्ठले निर्देशन गरेका हुन् ।
संगीतकार प्रधानले हालसम्म करिब ४० बढी गीतमा संगीत भरिसकेका छन् । नारायणी कला मन्दिर नारायणगढको वर्ष २०५६÷५८ कार्यकालका अध्यक्ष समेत रहेका दीपक प्रधान हाल बालकुमारी उच्च मावि नारायणगढको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन् ।
शिक्षाप्रेमी तथा समाजसेवी एवम् संस्कृति, कला, साहित्यप्रेमी संगीतकार प्रधानले केही गीत तथा कविताहरूको रचना पनि गरेका छन् ।
आजभोलि एल्बम निकाल्ने चलन हराउँदै गएकोले गीतलाई छायांकन गरी युट्युब मार्फत प्रसारण गर्ने चलन बढ्दै गएकोले उक्त गीतलाई पुनः प्रसारण गरिएको संगीतकार दीपक प्रधानले जानकारी दिए ।
- ADVERTISEMENT -
‘लुकेर तिमी नहेर……..’ बोलको गीत १८ वर्षपछि युट्युबमार्फत सार्वजनिक
August 19, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -