चितवन / चितवनमा पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ८५ जना, खैरहनीमा चार जना, माडीमा १६ जना, रत्ननगर नगरपालिकामा ३७ जना, राप्तीमा चार जना र इच्छाकामनामा तीन जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३४९ जना पुगेका छन् ।
यस्तै विभिन्न अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विभिन्न अस्पतालमा १९७ जना उपचाररत छन् । जसमध्ये आईसीयूमा ७१ जना, भेन्टिलेटरमा २१ जना, एचडीयूमा ३८ जना र जेनरल बेडमा ८८ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जसअनुसार भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको जनाएको छ । मृतक मध्ये चितवनका दुई जना र नवलपुरका एक जना रहेका छन् ।
- ADVERTISEMENT -
चितवनमा थप १३९ संक्रमित, संक्रमणबाट तीन जनाको मृत्यु
August 19, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -