चितवन / भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ । डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलासिस उपकरणमा गत साउनमा मात्रै छ कोभिड सङ्क्रमितले १३ पटक सेवा लिएका छन् ।
अस्पतालमा रहेका १२ डायलासिस उपकरणमध्ये एउटा बिग्रिएको छ भने दुई प्रयोगमा नै आएका छैनन् । दैनिक चार सिफ्टमा डायलासिसको काम हुँदै आएको यस अस्पतालमा अहिले मासिक १०१ व्यक्तिले नियमित सेवा लिँदै आएका छन् । साउनमा मात्रै १२१ ले सेवा लिएको उनले जानकारी दिए । साउनमा सेवा लिएकामध्ये ४९ महिला र ७२ पुरुष छन् ।
डायलासिस विभागकी सुनिता देवकोटाका अनुसार अहिले पालो पर्खेर बसेका बिरामीको सङ्ख्या ४० जना रहेको छ । पालो पर्खेर बसेकाले दुई महिनासम्म पालो कुर्नुपर्ने हुन्छ । उनीहरुले यहाँ लामो समयसम्म पालो कुर्नुपर्ने भएपछि अन्य अस्पतालबाट सेवा लिने गरेका छन् । अस्पतालमा पालोमा रहेका बिरामीलाई क्रमशः सेवा दिने उनले जानकारी दिए । चिकित्सकको सल्लाहले आकस्मिक मिर्गौलाको डायलासिस गर्नुपर्नेलाई भने पालो कुर्नु नपर्ने उनले जानकारी दिए । विसं २०७४ मा यस अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएसँगै एक व्यक्तिले ३०९ पटकसम्म सेवा लिएको तथ्याङ्क छ ।
आकस्मिक सेवा लिनुपर्दा रु दुई हजार ५०० मा सेवा दिइने गरेको छ । यो सेवा निजीमा भन्दा सस्तो हो । निजी अस्पतालले एकपटकको रु तीन हजार ५०० देखि रु सात हजारसम्म लिने गरेका छन् । सरकारी अस्पतालमा प्रक्रिया पु¥याएर उपचारका लागि आए यो सेवा निःशुल्क हुनेछ । सरकारी अस्पतालमा सबै उपकरण सञ्चालन नहुँदा र उपकरणको कमीले चाहेर पनि धेरैले यो सेवा लिन पाएका छैनन् । -रासस
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर अस्पतालमा कोभिड सङ्क्रमितका लागि छुट्टै डायलासिस

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.64
152.24

European Euro
1
170.70
171.38

UK Pound Sterling
1
202.19
202.99

Swiss Franc
1
184.14
184.87

Australian Dollar
1
105.56
105.97

Canadian Dollar
1
107.12
107.55

Singapore Dollar
1
118.55
119.02

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.68
22.77

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.60
41.76

Thai Baht
1
4.54
4.56

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.15
37.30

South Korean Won
100
11.40
11.45

Swedish Kroner
1
15.33
15.39

Danish Kroner
1
22.84
22.93

Hong Kong Dollar
1
19.32
19.40

Kuwaity Dinar
1
492.10
494.05

Bahrain Dinar
1
401.43
403.02

Omani Rial
1
393.87
395.42











