January 15, 2025
- ADVERTISEMENT -

चीनबाट १६ लाख डोज भेरोसेल खोप आयात

August 20, 2021

काठमाडौं / चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको छ । चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये बुधबार र बिहीबार गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको हो ।
नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरीद गरिसकेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ।
यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकि ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ।
नेपालमा यअघि कोभिसिल्ड २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -