January 14, 2025
- ADVERTISEMENT -

विभिन्न पार्टी परित्याग गरी ३५० जना एमालेमा प्रवेश

August 21, 2021
File photo.

मकवानपुर / हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ मा ३ सय ५० नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।
हेटौंडा–१५ का सानो सुकौली र ठुलो सुकौलीमा नेपाली काङ्ग्रेस, जनता समाजबादी, राप्रपा, नेकपा माओबादी केन्द्रलगायत विभिन्न पार्टी परित्याग गरी ३ सय ५० जना एमालेमा प्रवेश गरेको एमाले जिल्ला सदस्य सुनिल मोक्तानले बताए ।
तत्कालीन नेपाली काङ्ग्रेसका तर्फबाट वडा सदस्यका उम्मेद्बार दिपक तितुङ्सहित, कर्ण सिङ लामा, अरुण तितुङ, अतुल स्याङबो, मेरी माया राई, रीना शाही ठकुरि, ऋषिलाल तितुङ, कोपिला पाख्रिन, सरद मोक्तान, रबी स्याङतान, भरत मोक्तान, रतन ल्हो, युवराज लो, सुनिल स्याङतान, बबिता गोले, तारा स्याङबोलगायत एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई बागमती प्रदेशका निवर्तन मुख्यमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य डोरमणि पौडेलले स्वागत गरेका छन् ।
कार्यक्रम पार्टीका वडा कमिटी अध्यक्ष पर्स बहादुर भुजेलको सभाध्यता तथा बागमती प्रदेशका निवर्तन मुख्यमन्त्री पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्री जुनेली श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ,एमाले नगर अध्यक्ष शालिकराम पुडासैनी, अनेमसङ्घ जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, एमाले जिल्ला सदस्य सुनिल मोक्तान, युवा संघ जिल्ला अध्यक्ष लक्ष्मण उप्रेतीलागायतको सहभागीता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -