काठमाडौँ / विगतमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा उभिएका छन्। उपाध्यक्षहरू भीम रावल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञावली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी समिति सदस्य सुरन्द्र पाण्डे, रघुजी पन्तलगायत नेताले पार्टी एकताको प्रयत्न जारी राख्ने भएका छन्।
५७ केन्द्रीय सदस्य र सांसदको भेलाले १० बुँद्धे सहमति तत्काल कार्यान्वयनमा जोड दिँदै माधवकुमार नेपाललाई नयाँ पार्टी दर्ताबाट पछि हट्न आग्रह गरेको छ। भेलाको निर्णयबारे जानकारी दिँदै एमाले उपाध्यक्ष रावलले एकता प्रयत्न जारी राख्ने बताए।
उनले १० बुँदे सहमति तत्काल लागू गर्न र नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नयाँ दल दर्ता प्रक्रिया रोक्न अनुरोध गर्ने निर्णयसमेत गरेको बताए। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
- ADVERTISEMENT -
एकताकै पक्षमा माधव नेपालका ५७ नेता
August 21, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -