December 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुनको भाउ एक सातामा प्रतितोला १५ सयले वृद्धि

August 21, 2021

काठमाडौं / एक सातामा सुनको भाउ प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको भाउ प्रतितोला एक हजार ५ सय रुपैयाँले बढेको जनाएको छ ।
अघिल्लो साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला भाउ प्रतितोला ८९ हजार २५० रुपैयाँ कायम थियो ।
यो साताको शुक्रबारसम्म आइपुग्दा १ हजार ५ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ९१ हजार २०० र तेजाबी सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम छ ।
यस्तै, यो साता चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ थियो । यो साताको शुक्रबार एक हजार १९५ रुपैयाँ कायम भएको छ ।

- ADVERTISEMENT -