January 15, 2025
- ADVERTISEMENT -

लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

August 21, 2021
File photo.

काठमाडौं / काठमाडौंको कोटेश्वरस्थित नरेफाँटबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–८ घर भएका ३० वर्षीय बिक्रम तामाङ रहेका छन् ।
उनलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १० ग्राम खैरो हेरोइन र औषधीजन्य लागुऔषध बरामद गरेको छ ।
बिक्रमको साथबाट डाइजेपाम ९९ एम्पुल, फेनारगन १०० एम्पुल र नुर्फिन १०१ एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार, उनी यसअघि पनि लागुऔषध मुद्दामा जेल बसेर छुटेका थिए ।
तामाङको साथबाट प्रहरीले ८ थान मोवाइल पनि बरामद गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -