January 21, 2025
- ADVERTISEMENT -

गैँडाकोट नगरपालिकाको बेरुजु जिल्लामै न्यून

August 22, 2021

नवलपुर / नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिकाको बेरुजु जिल्लामै सबैभन्दा कम पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७६÷७७ को लेखा परीक्षणमा जिल्लाका आठ स्थानीय तह मध्ये गैँडाकोट नगरपालिकाको बेरुजु सबैभन्दा कम पाइएको हो । सो आर्थिक वर्षमा गैँडाकोट नगरपालिकाको बेरुजु १.३५ प्रतिशत मात्रै रहेको छ ।
गैँडाकोट पछि दोस्रोमा बौदीकाली गाउँपालिकाको बेरुजु १.७५ प्रतिशत देखिएको छ । त्यसैगरी मध्यविन्दु नगरपालिकाको १.९२, कावासोती नगरपालिकाको २.१२, देवचुली नगरपालिकाको २.१५, हुप्सेकोट गाँउपालिकाको २.१६ , विनयी त्रिवेणी गाँउपालिकाको ४.१० प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी नवलपुरमा सबैभन्दा बढी बेरुजु बुलिगंटार गाउँपालिकाको देखिएको छ । जहाँ बेरुजुको प्रतिशत ४.४५ प्रतिशत रहेको छ ।
गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले आगामी दिनमा बेरुजुलाई शुन्यमा झार्ने बताए । उनले आर्थिक अनुशासन सबैभन्दा ठुलो कुरा भएको बताउँदै जिल्लामै गैँडाकोट नगरपालिका सबैभन्दा कम बेरुजु देखिएको स्थानीय तहमा परेको भन्दै यो सबैका लागि गतिलो सन्देश भएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -