चितवन / आन्तरिक राजस्व कार्यालय, भरतपुरले चालू आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा झण्डै डेढ अर्ब राजस्व संकलन गरेको छ । गत साउन महिनामा १ अर्ब ४८ करोड २१ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी अन्तःशुल्क कर शिर्षकमा ९४ करोड ८५ लाख १३ हजार रुपैयाँ संकलन गरेको हो ।
यस्तै, आयकर शिर्षकमा २८ करोड ४१ लाख ८६ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर शिर्षकमा २१ करोड ३९ लाख ३३ हजार रुपैयाँ, व्याजकरमा ३ करोड २१ लाख ६ हजार रुपैयाँ र घरबहाल कर शिर्षकमा ३१ लाख ७० हजार रुपैयाँ संकलन गरेको छ । त्यस्तै शिक्षा सेवा करमा दुईहजार रुपैयाँ र स्वास्थ्य सेवा कर शिर्षकमा एक हजार रुपैयाँ कर संकलन गरेको कार्यालयले जनाएको छ ।
सरकार हेरफेर भएका कारण राजस्व विभागबाट चालू आर्थिक वर्षको लागि लक्ष्य असुली आई नपुगेको आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत सुशील लम्सालले बताए । जिल्लामा निषेधाज्ञा भएपनि कार्यालय पूर्णरुपमा खुलेकोले यस महिनाको राजस्व संकलन सन्तोषजनक रहेको लम्सालको भनाइ छ । उनले विशेषगरी आयकर शिर्षकमा पुस, चैत र असारमा बढी कर संकलन हुने बताए । अन्तःशुुल्क र अन्य शिर्षकका करको हकमा जेठ, असार र साउन तुलनात्मक रुपमा बढी संकलन हुने उनको भनाइ छ ।
कोभिड–१९ का कारण आर्थिक गतिविधि सुस्त भएपनि राजस्व संकलनको अनुपात र दैनिक सेवाग्राहीको संख्यामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको लम्सालले बताए ।
हरेक वर्ष करको दर र दायरा बढ्दै गएको भए पनि व्यवसायीहरुले दर्ता गरेर कारोवार गरेको उनले भने । व्यवसायीहरुमा कर तिनुपर्छ भन्ने जिम्मेवारी र सचेतनाको महसुस पनि बढ्दै गएको उनको भनाइ छ ।
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Chitwan-Mahotsav-2081-scaled-1.jpg)
चितवनमा साउन महिनाको कर असुली १ अर्ब ४८ करोड
August 23, 2021
![](https://newsprabah.com/wp-content/uploads/2021/08/antarik-rajaswa-karyalay-1.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/online-matter.webp)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Hatti-Mahotsab-with-kalaka.gif)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Prachanda.jpeg)
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/12-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/13-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/14-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/15-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/16-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/09/Central-college.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2021/01/S-P-Company.gif)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/13-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/14-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/15-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/16-gate.jpg)
भर्खर
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/02/Surya-add.gif)