चितवन / चितवनका अस्पतालभन्दा काठमाडौंमा विरामीको उपचार सही ढंगबाट हुने आम जनमानिसको बुझाइ हो । चितवनमा सुविधा सम्पन्न अस्पताल भए पनि राम्रो उपचारको लागि मानिसहरु काठमाडौं नै गएको तपाइ हामी माझ विदितै छ ।
यस्तै १६ वर्ष अघि नारायणगढको शहीदचोकमा प्रहरीको राईफलको कुन्दाले कुटिएर ढाडमा ट्यूमर पलाएपछि उपचारका लागि काठमाण्डौं पुग्नुभएका गोविन्द तिवारी चिकित्सकको ‘काउन्सिलिङ’ (परामर्श) बाट निकै प्रभावित हुनुभयो । त्यसो त आफ्नै घरमा चिकित्सक रहे पनि उनले यस किसिमको परामर्श जिल्लामा कहिल्यै पाउनु भएन ।
अधिकांश चिकित्सकको परामर्शमा कमजोर हुँदा अस्पतालहरुमा धेरै समस्या आउने गर्दछन् । उठि उठि बिरामी र उनका आफन्तलाई दुई चार शब्द भनेर औषधि लेखी पठाउँदा बिरामी अन्यौलमा पर्ने गर्दछन् । शल्यक्रिया पूर्व राम्रो परामर्श नदिंदा शल्यक्रियाका क्रममा कुनै दुर्घटना भएमा अस्पतालहरु तोडफोडका घटना समेत हुने गरेका छन् ।
राम्रोसँग परामर्श नपाउँदा औषधि बोकेर घर जानेहरु पूर्ण विश्वस्त भएर जान सकेका हुँदैनन् । एउटै चिकित्सकले एकै दिन एक सयभन्दा बढी बिरामी परीक्षण गर्दा कस्तो परामर्श हुन्छ ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।
सरकारी अस्पतालहरुमा थोरै चिकित्सकले धेरै बिरामी परीक्षण गर्नुपर्दा परामर्श दिनै भ्याउँदैनन् । त्यसो त तिनै चिकित्सकले निजीमा पनि त्यस्तै व्यवहार गरेको गुनासो आउने गर्दछ । कतिपय चिकित्सक भने परामर्शलाई प्रमुख रुपमा लिने गर्दछन् ।
तिवारीले जनआन्दोलनमा राईफलको कुन्दाले हानेर ढाडमा पलाएको ट्यूमर शल्यक्रिया गर्न बरिष्ठ स्पाईनल सर्जन डा.विनोद बिजुक्छेकोमा पुगे । उपचारपछि निको भएर चितवन फर्किनु भएका तिवारी बिजुक्छेको परामर्शको व्याख्या गरेर नसकिने बताउँछन् ।
उनले भने ‘चितवनमा त्यस्तो परामर्श कहाँ पाईन्छ र ? काठमाण्डौंमा अरुले के गर्छन् थाहा भएन, उहाँको परमर्श सबै चिकित्सकले सिक्नु पर्छ ।’ ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल उपनिर्देशक समेत रहनु भएका डा. विजुक्छे अस्पतालमा वरिपरि चिकित्सकीय समूहसँगै बिरामी र उनका आफन्त राखेर शल्यक्रियापूर्व एक घण्टा हाराहारी परामर्श गर्ने गर्नुहुन्छ । उनले भने ‘हामी साना ठूला जस्तोसुकै शल्यक्रिया पूर्व बिरामीको अवस्थाको बारेमा पूर्ण रुपमा परामर्श दिने गर्छाै ।’ उपचारमा गएका बिरामीलाई सबै कुरा बुझाउने चिकित्सकको कर्तव्य भएको उनको भनाई छ । देशमा स्पाईनल सम्बन्धी ठूला शल्यक्रियाका लागि उनीकहाँ बिरामी पुग्ने गर्दछन् ।
बरिष्ठ मनोरोग विशेषज्ञ प्रा.डा. सिपी सेढाई बिरामी र उनका आफन्तलाई राम्रोसँग परामर्श गर्न नसक्दा अस्पतालहरुमा दुर्घटना हुने गरेको बताउनुहुन्छ । धेरै चिकित्सकले बिरामी र आफन्तलाई रोगका बारेमा राम्रोसँग नबुझाउने गरेको स्वीकार्दै उनले भने, ‘जस्तोसुकै रोगका बिरामी भए पनि हामीले राम्रोसँग बिरामी र आफन्तलाई बुझाउनै पर्छ ।’ बिरामीको अवस्था यो छ, उपचारपछि यो हुन्छ भनेर प्रष्ट पार्न नसक्दा बिरामी र आफन्तहरु असन्तुष्ट हुने गरेको उनको बुझाई छ । सेढाईले भने, ‘बिरामीले बुझ्ने भाषामा चिकित्सकले परामर्श गर्नुपर्छ ।’
जति गर्नु पर्ने हो हामीले गर्न नसकेको उनी स्वीकार्छन् । उपचारका लागि लाग्ने खर्चदेखि हुन सक्ने जटिलताका बारेमा समेत बुझाउनु पर्ने उनको भनाइ छ । चितवन मेडिकल कलेजमा कार्यरत डा. सेढाई सबै रोगमा परमर्शको जरुरी भएको बताए ।
भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा.कालिदास अधिकारी चिकित्सकहरुले भ्याएर पुगेसम्म परामर्श दिने गरेको दावी गर्नुहुन्छ । सरकारी अस्पतालहरुमा धेरै बिरामी हेर्नुपर्दा पर्याप्त परामर्श दिन नसकिएको भने उनको स्वीकारोक्ति छ । परामर्श मात्रै होइन, धेरै कुराको अभाव सरकारी अस्पतालहरुमा हुने गरेको अधिकारी बताउनुहुन्छ ।
बुद्धिजीवि प्रेम रिमाल उपचार जीवन र मरणसँग सवाल भएकाले परामर्श राम्रो दिनुपर्ने बताउनुहुन्छ । युरोप, अमेरिका लगायतका देशले परामर्शलाई बढी जोड दिने गरेको भन्दै उनले भने, ‘यहाँको परामर्श कमजोर छ, चिकित्सकले मैले भनेपछि के भन्नुप¥यो भनेर बिरामीसँग भन्ने गर्दछन् ।’
पुराना र गनिएका चिकित्सकको परामर्श कमजोर भएको भन्दै उनले नयाँ पुस्तामा परामर्शको विकासहुँदै गएको पनि बताए । परामर्शलाई चिकित्सकले दायित्वको रुपमा लिनुपर्ने रिमाल बताउनुहुन्छ ।
- ADVERTISEMENT -
अस्पतालमा चिकित्सकको ‘काउन्सिलिङ’ अभावले बिरामीलाई पीडा
August 23, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -