२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

गैँडा तस्करको आरोपमा तीन जना पक्राउ

प्रकाशित मिति : २०७८ भाद्र ७ गते
file photo.
- ADVERTISEMENT -

चितवन / चितवन राष्ट्रिय निकुञ्जले गैँडा तस्करको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । साथै दुई जनालाई गैँडा तस्करको अभियोगमा जेल बसीरहेकालाई झिकाएर अनुसन्धान थालिएको छ । निकुञ्जले आज पनि गैँडा तस्कर गरी खाग विक्रि वितरणमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
साथै दुई जनालाई कारगारवाट झिकाई अनुसन्धान थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । पाँचै जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालका अनुसार २०७६ साल भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भाले बयस्क गैँडाको तस्कर अभियोगमा तीन जना पक्राउ परेका हुन् । कारागारमै रहेका दुई जना नवलपरासी स्थित मर्दीघोल भन्ने ठाउँमा बन्दुकका प्रयोग गरी गैँडा तस्कर गरेका निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला वागमती गाउँपालिका ३ पाँचपाण्डव बस्ने ३५ वर्षीय मेख बहादुर नेपाली, जाजरकोट जिल्ला शिवालय गाउँपालिका २ डुङ्ग्रा बस्ने वीर वहादुर वस्नेत,चितवन जिल्ला खैरहनी नगरपालिका ६ रिजालटोल बस्ने आरोष उप्रेतीलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये वीर वहादुर घुमुवा प्रहरी र मेघवहादुर प्रहरीलाई सुराकी दिने व्यक्ति समेत रहेको अनुसन्धानबाट खुल्न आएको बरालले बताउनुभयो ।
साथै उक्त घटनामा संलग्न आरोपमा कारागारमै रहेका भरतपुर महानगरपालिका २८ का जितवहादुर कुमाल र ३३ वर्षीय तारा चेपाङलाई समेत कारागारबाट भिकाएर अनुसन्धान थालिएको थियो । गैँडा मारेर खाग धारीलो हतियारले काटेर विक्रि वितरण सहितको पुरै घटनाका अझै १० जना प्रतिवादीहरु फरार रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । पक्राउ परेका र नियन्त्रण लिएका पाँचै जनालाई जिल्ला अदालत नवलपुरमा बुझाइने बरालले बताउनुभयो ।

- ADVERTISEMENT -