२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१४ लाखको बीमा रकम मृतकका परिवारलाई हस्तान्तरण

प्रकाशित मिति : २०७८ भाद्र ११ गते
Photo : Halkaro
- ADVERTISEMENT -

चितवन / नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाखको बीमा रकम मृतकका परिवारलाई हस्तान्तण गरेको छ । कम्पनीको खैरहनी पर्सा स्थित शाखाले म्यादीका बोधराज कुंवरकी श्रीमतीलाई उक्त बीमा वापतको रकम चेक मार्फत् हस्तान्तरण गरेको हो ।
वैदेशिक रोजगारमा गएका राप्ती नगरपालिका ६ हर्दीका बोधराज कुंवरको मृत्यु भएपछि उनकी श्रीमती देवीकला कुंवरलाई बीमा दाबी वापतको रकम हस्तान्तण गरिएको हो
खैरहनी पर्सा शाखाका कम्पनीका शाखा प्रमुख मेघराज पौडेलले मृतकका परिवारलाई सो चेकको रकम हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा खैरहनी पर्सा शाखाका वरिष्ठ व्यवसायिक प्रबन्धक रामशरण बर्तौला लगायत कम्पनीका अन्य कर्मचारीहरुको समेत उपस्थित रहेको थियो ।
त्यसैगरी केही दिन अगाडि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सो शाखाले कोरोनाको कारण मृत्यु भएकी रत्ननगर नगरपालिका वडा नम्बर १२ की निर्मला अर्यालको छोरा विजय खत्रीलाई बीमा दाबी वापतको रकम ५ लाख रुपैयाँको चेक अभिकर्ता मिना श्रेष्ठ खनालको उपस्थितिमा हस्तान्तरण गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -