January 15, 2025
- ADVERTISEMENT -

भासियो चौध किलो सडक, सवारी चलाउन रोक

August 27, 2021

चितवन / भरतपुर महानगरपालिका वडा नं. २९ स्थित चौध किलोमा सडक भासिएको छ । नारायणगढ मुग्लिन सडकखण्ड १४ किलोमा अविरल वर्षाका कारण उक्त सडक बिहीबारदेखि नै भासिएको हो ।
हिजोदेखि नै सडक भासिने क्रम रहेको र अझै नरोकिएको चितवन ट्राफिक प्रहरी कार्यालयका प्रमुख भगवानराज थापाले जानकारी दिए । ग्रावेल हालेर सडक खुलाउने प्रयास गरिए पनि सम्भव नभएको प्रमुख थापाले बताए ।
उनका अनुसार भासिएको सडकमा सवारी चलाउन रोक लगाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -