January 15, 2025
- ADVERTISEMENT -

जिल्ला उवा संघ गैंडाकोटका महासचिव कंडेललाई पितृशोक

August 29, 2021

गैंडाकोट / जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोट नवलपुरका महासचिव छबिलाल कंडेललाई पितृशोक परेको छ । महासचिव कंडेलका पिता रविलाल कंडेलको ९५ वर्षको उमेरमा निधन भएको हो । संघले कंडेलकोे निधन भएको दोस्रो दिन शोक सभा आयोजना गरेको थियो ।
संघका अध्यक्ष भट्टचनले स्वर्गीय रविलाल कंडेलले गरेका सामाजिक कार्यहरु माथि प्रकाश पार्दै महासचिव कंडेललाई परेको पितृशोकमा गहिरो दुःख व्यक्त गरे । उनले आगामी दिनमा पनि व्यवसायी माथि पर्ने सुख दुःखमा सधैं साथ रहने प्रतिबद्धता जनाए ।
सभामा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका थिए । जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोट नवलपुरका कार्यसमिति सदस्य प्रकाश सापकोटाले शोक सभा संचालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -