गैंडाकोट / पूर्व पश्चिम राजमार्गस्थित गैंडाकोट नगरपालिका वडा नं. ४ आसपासका १०० घर बढी डुबानमा परेका छन् । बिहानैदेखिको अविरल वर्षाका कारण उक्त वडाका १०० बढी घरहरु डुबानमा परेको गैंडाकोट नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष कृष्ण नेउपानेले जानकारी दिए ।
वडाअध्यक्ष नेउपानेका अनुसार जनक माध्यमिक विद्यालयको जंगलसाइडतर्फका घरहरु बढी डुबानमा परेको हो । बाढीको पानीलाई निकास दिन लागि हाल चार वटा जेसिभीले काम भइरहेको उनले जानकारी दिए । पानी निकास हुन समय लाग्ने भएकाले धैर्य गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।
गैंडाकोट नगरपालिका वडा नं. ४ मा पानी निकास हुने ढल नभएका कारण सो समस्या आएको एक स्थानीय सुरज क्षेत्रीले बताए । घर डुबानमा परेपछि आक्रोशित स्थानीयहरुले गैंडाकोट नगरपालिकामा तालाबन्दी समेत गरी दिएका छन् । घरमा पानी पसेपछि स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।
अहिले जेसिभी लगाइ पानीलाई निकास दिने कार्य भएपछि स्थानीयले उक्त नगरपालिकाको ताला खोलिदिएको वडा अध्यक्ष नेउपानेले जानकारी दिए ।
- ADVERTISEMENT -
गैंडाकोटमा १०० घर बढी डुबान, स्थानीयद्वारा गैंडाकोट नपा तालाबन्दी
August 29, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -