January 13, 2025
- ADVERTISEMENT -

मिस तामाङ सफलताको ‘जिन्दगी भद्रगोल’ बजारमा

August 29, 2021

काठमाडौं / पछिल्लो समय तामाङ म्यूजिक भिडियो क्षेत्र फराकिलो बन्दै गएको पाइएको छ । तामाङ म्युजिक भिडियो क्षेत्रले मिस तामाङ २०२१ का विजेता सफलता थिङ तामाङलाई मोडलको रुपमा पाएको छ । तामाङले अभिनय गरेको ‘जिन्दगी भद्रगोल’ गीत सार्वजनिक भएको छ ।
शनिबार ‘जिन्दगी भद्रगोल’ बोलको गीत फ्याफुल्ला नेपाल युट्युबमार्फत सार्वजनिक गरिएको हो। देवराज स्याङतानको शब्द, कोसिस थोकरको सङ्गीत, सानूबाबू घिसिङको एरेञ्ज रहेको गीतमा जितु लोप्चन र हिरा लामाको स्वर छ ।
राजु थिङको निर्देशन रहेको गीतको भिडियोमा मिस तामाङ २०२१ विजेता सफलता थिङ तामाङ, पाल्देन लामा र विशाल तामाङको अभिनय रहेका छन्। बज्र ङेसुरले खिचेको भिडियोलाई किरण ब्लोनले सम्पादन गरेका हुन्।
‘मिस तामाङ हुनासाथ म्युजिक भिडियोको अफर आए पनि अहिले राम्रो गीत पाएकाले अभिनय गरेकी हुँ,’ उनले भनिन्, ‘कलाकारिताको अनुभव बटुल्ने सोच भएको बेला ‘जिन्दगी भद्रगोल’मा काम गर्ने अफर आएको हो। पहिलो म्युजिक भिडियोमा अनुभव राम्रो भयो।’
‘कुनैपनि क्षेत्रमा हात हाल्नुअघि त्यसबारे गृहकार्य जरुरी हुन्छ। अहिले तामाङ कलाकारिताको लागि गृहकार्य गरिरहेकी छु,’ उनले भनिन्। सामाजिक र सन्देशमूलक कथा तथा म्युजिक भिडियोमा काम गर्ने रहर भएको उनले बताइन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -