April 22, 2025

भदौ तेस्रो सातादेखि लाइसेन्सको लागि ट्रायल सुरु

August 30, 2021
File Photo
- ADVERTISEMENT -

काठमाडौं / सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा भदौ २० गतेदेखि सञ्चालन हुने भएको छ ।
बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले आइतबार सूचना जारी गर्दै वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गतेदेखि सञ्चालन गर्न लागेको जनाएको छ ।
प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरू, लिखित परीक्षा दिई ट्रायलमा सहभागी हुने सम्पूर्ण परीक्षाहरू र कार्यालयमा उपस्थित भई वर्ग थपको लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई सेवा दिइने सूचनामा उल्लेख छ ।

- ADVERTISEMENT -