२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा

प्रकाशित मिति : २०७८ भाद्र १५ गते
- ADVERTISEMENT -

मकवानपुर / बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् ।
एमालेका १२ जना सांसदले मंगलवार नेकपा एकिकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।
कूल १०९ जना सांसद रहेको बागमती प्रदेशमा नेकपा एमालेको मात्रै ५६ जना सांसद थिए । जसमध्ये १२ जनाले एमाले विभाजनपछि बनेको नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन् ।
गएको भदौ २ गते तत्कालिन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।
तर दल विभाजन भएपछि नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदको संख्या ४४ मा झरेको छ ।
प्रदेश सरकार गठनका लागि ५५ जना सांसद आवश्यक पर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -