गैँडाकोट / नारायणगढ–बुटवल सडकखण्ड स्तरोन्नतिको क्रममा छ । यो सडकखण्डको विभिन्न खोल्साखाल्सीमा अस्थायी डाइभर्सन बनाएर सवारीसाधन आवतजावनमा सहज बनाएका छन् । सानासाना खोल्सामा पनि स्थायी पुल निर्माणको लागि धेरै ठाउँमा अस्थायी डाइभर्सन बनाएको छ । तर, एक घण्टामात्रै पानी प¥यो भने पनि ती अस्थायी डाइभर्सन भत्काइदिने समस्याले यो राजमार्ग पटकपटक अवरूद्ध हुने र खुल्ने क्रम चलिरहेको छ ।
पानी नपर्दा खासै समस्या नभए पनि पानी पर्न थालेपछि पहाडबाट आउने खहरे भेलले अस्थायी डाइभर्सन भत्काइदिएपछि अत्यावश्यक सवारी–
साधनभित्र पर्ने एम्बुलेन्स समेत घण्टौँ कुर्नुपर्ने बाध्यता छ । धेरै ठाउँमा एकैचोटी पुल तथा कल्भर्ट बनाउन अस्थायी डाइभर्सन बनाउँदा बाटो अवरूद्ध हुने समस्या पनि ठाउँठाउँमा हुने गरेको छ । समयमै स्तरोन्नतिको काम सकाए वर्षात्को समयमा यात्रुले भोग्नुपर्ने सास्ती कम हुने यो बाटो भएर यात्रा गर्नेहरू बताउँछन् । वर्षात्को समयमा डाइभर्सन बगाउने समस्या हुने भएपछि सडक डिभिजन कार्यालयले पूर्व तयारीमा स्काभेटरहरू तयारी अवस्थामा राखेको सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए । गतहप्ताको बिहीबारदेखि नै सडक अवरूद्ध भएपछि रोकिएका सवारीसाधन पनि सोमबार रातिदेखि बल्ल गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
डाइभर्सन बगाएपछि पाँच दिनसम्म सडक अवरूद्ध भएको र हाल सडक पूर्णरूपमा सञ्चालन भइसकेको गैँडाकोट प्रहरीले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भने अझै पनि पानी पर्नसक्ने सम्भावना रहेको बताइरहेको छ । देशभर मनसुन कम भए पनि केही स्थानमा बदली हुने र मध्यम वर्षा हुने क्रम अझै केही दिनसम्म चलिरहने विभागले जनाएको
छ । विभागले पानी पर्न थालेपछि सम्भावित जोखिम क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई सदैव सतर्क रहन आग्रह गर्दै आएको छ ।
- ADVERTISEMENT -
वर्षाको समयमा नारायणगढ–बुटवल सडक पटक–पटक अवरूद्ध
September 1, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -