नवलपरासी / अविरल वर्षाका कारण गैँडाकोटवासीले यसवर्ष पनि डुबानको समस्या झेल्नु–प¥यो । पहाडको काखमा रहेको बस्ती र पूर्व–पश्चिम राजमार्गले पानीलाई सहज तरिकाले बग्न नदिने समस्याका कारण केही समय निरन्तर वर्षा भयो भने हरेक वर्ष डुबान हुने समस्या अहिलेसम्म जीवितै छ । यो हप्ता पनि पानी परिरहँदा पहाडबाट बग्ने खहरे खोला र बस्ती वरिपरिका खेतमा जम्ने पानीको सही निकास नहुँदा डुबानको समस्या सहे ।
बस्तीको समस्या देखेपछि गतवर्ष गैँडाकोट नगरपालिकाले लाखौँ रूपैयाँ खर्च गरेर ढल खनेपछि पानी सुकेको थियो । तर, वर्षा हुन छाडेपछि फेरि त्यति नै खर्च गरेर त्यही ढल पुरिदिँदा यसवर्ष पनि डुबानको समस्या भोग्न बाध्य भएका हुन् । यो हप्ता गैँडाकोटमा करिब एकसय भन्दा बढी घर डुबानमा परे । केही दिन निरन्तर वर्षा भइरहँदा डुबान कटानको काम गर्न पनि नसकिएको गैँडाकोट ४ का वडाअध्यक्ष कृष्ण न्यौपानेले जानकारी दिए । ‘तर, अहिले पानी पर्न छाडेकाले पानी सुकेको छ । तैपनि मौसम हेर्दा अझै पनि पानी पर्नेजस्तो देखिन्छ,’ उनले भने, ‘फेरि पानी परे डुबानको समस्या नहोला भन्न सकिन्न ।’
वडाभित्र ढल निकास नहुँदा समस्या भएको उनले बताए । यसपटक पनि चारवटा जेसिभी लगाएर पानी खोलेको उनको भनाइ छ । यसपटक आफूहरू डुबानमा परेपछि स्थानीयले गैँडाकोट नगरपालिकामा तालाबन्दीसमेत गरेका थिए । तत्काल जेसिभी पठाएर पानी खोल्न थालेपछि स्थानीयले ताला खोलेका थिए ।
सरकारी कार्यालय पनि डुबानमा
पानी पर्ने क्रम नरोकिएपछि बस्तीमात्र नभई नवलपुरमा सरकारी कार्यालयसमेत डुबानमा परे । सरकारी कार्यालय नै डुबानमा परेपछि सेवाग्राही मर्कामा परे । सम्बन्धित स्थानीय सरकारले ढल निकासका लागि बेलैमा नसोचे यो समस्या अर्को वर्ष पनि नहोला भन्न सकिँदैन । जिल्ला प्रशासन कार्यालय नवलपुरले कार्यालयमा प्रयोग हुने कम्प्युटरदेखि विभिन्न कागजातसमेत भिजेका कारण केही समय सेवा प्रवाह नै बन्द गर्नुपरेको बताएको छ । जिल्ला प्रशासन कार्यालयसँगै जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, निर्वाचन आयोग, नापी कार्यालय, शिक्षा समन्वय इकाइ, खानेपानीलगायतका कार्यालय डुबानमा परेका थिए ।
- ADVERTISEMENT -
ढल निकास नहुँदा गैँडाकोटमा बर्सेनि डुबानको समस्या
September 1, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -