चितवन / चितवनका विद्युत् पोलमा बिना शुल्क प्रयोग गर्दै आएका केबुल र इन्टरनेट सेवा प्रदायकसँग नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले धमाधम राजस्व उठाउन थालेका छन् । प्राधिकरणले हालसम्म पोल प्रयोग गरे वापत रु ४१ लाख ५९ हजार ८३ राजस्व सङ्कलन गरेको कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलले जनाएको छ ।
इञ्जिनियर पौडेलका अनुसार इन्टरनेट सेवा प्रदायक र केबुलसँग विद्युत् पोल प्रयोग गरे वापत सात वटा सेवा प्रदायक संस्थाबाट सो रकम असुल गरिएको हो । विसं २०७३ बाट कर लागू भएको हो ।
कार्यालयले ती सेवा प्रदायक संस्थाबाट राजस्व असुलीका क्रममा चितवन युनिक केबलबाट रु ३० लाख ५५ हजार ६८ कर संकलन गरिएको छ । यस्तै कनेक्ट नेपालले रु एक लाख ७७ हजार ९७५, त्रिवेणी केबल नेटवर्क मुग्लिनले रु एक लाख ९३ हजार ८००, प्राइम नेटवर्कले रु दुई लाख तीन हजार ४ सय र फाइवर वड कम्युनिकेशलले रु एक लाख २२ हजार ४० राजस्व वापत रकम संकलन गरिएको कार्यालयले जनाएको छ ।
यस्तै वेभ सर्फर कटहर चोकलाई रु तीन लाख ५ हजार १००, ब्रोड लिङ्कलाई रु एक लाख १ हजार ७०० जरिवाना तिराइएको उनले जानकारी दिए । विद्युतको पोल प्रयोग गरेर सेवा प्रदान गर्ने १९ वटा संस्था रहेका छन् । उनीहरुमध्ये सात वटाले राजस्व बुझाएको, तीनवटा सम्पर्कमा आएको र अन्य सम्पकएमा नआएका उनले भने । प्राधिकरणको नयाँ नियमावली अनुसार महानगर र उपमहानगरपालिकामा एक वर्षको प्रतिकिलोमिटर रु ९ हजार र नगर तथा गाउँपालिकाममा रु ७०० हजार तय गरेको छ । प्रचलित नियम अनुसार एडिएसएस लाइनमा सो शुल्क लाग्ने छ ।
राजस्व नबुझाउनेमा जिल्लामा नाम चलेका सेवा प्रदायक रहेका छन् । वल्डलिङ्क, क्लासिटेक, टेकमाइन, सिम टिभी, डिसहोमलगायतले राजस्व नबुझाएको पौडेलले जानकारी दिए । उनका अनुसार सबै सेवा प्रदायकले राजस्व बुझाएमा जिल्लाबाट मात्रै रु दुई करोड राजस्व सङ्कलन हुने छ ।
संशोधित नियम भन्दा पहिले महानगरपालिकामा प्रतिपोल रु २०० उपमहानगरमा रु १५०, नगरपालिकामा रु १०० र गाउँपालिकामा रु ५० हरेक वर्ष राजस्व बुझाउनुपर्ने थियो । वितरण केन्द्रले अहिले चलिरहेका फाइबर सञ्चालनमा रोक नलगाएको भए पनि लाइन थप गर्न नदिएको उनले बताए । त्यसो गरेमा इन्टरनेटको बक्सा निकालेर ल्याइने उनको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा केबुल र इन्टरनेट सेवा प्रदायकसँग ४१ लाख राजस्व असुली

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.64
152.24

European Euro
1
170.70
171.38

UK Pound Sterling
1
202.19
202.99

Swiss Franc
1
184.14
184.87

Australian Dollar
1
105.56
105.97

Canadian Dollar
1
107.12
107.55

Singapore Dollar
1
118.55
119.02

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.68
22.77

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.60
41.76

Thai Baht
1
4.54
4.56

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.15
37.30

South Korean Won
100
11.40
11.45

Swedish Kroner
1
15.33
15.39

Danish Kroner
1
22.84
22.93

Hong Kong Dollar
1
19.32
19.40

Kuwaity Dinar
1
492.10
494.05

Bahrain Dinar
1
401.43
403.02

Omani Rial
1
393.87
395.42












