चितवन / नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनको लागि चितवन जिल्लाबाट भरतपुर वडा नं. १६, मंगलबार निवासी युवा नेता दिपक अधिकारीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको छ । नेता अधिकारीले बुधबार कांग्रेस १४औं महाधिवेशनको जिल्ला चितवनमा सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेको हो ।
नेपाली काग्रेँस पार्टीमा देखिएको विकृती, विसंगति हटाउन र युवा पुस्तालाई अग्रसर र जागरुक गराउन सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको उनले बताए ।
पारिवारिक पृष्ठभूमि नै काँग्रेस भएका उनले विभिन्न पदमा रहेर काम गरी सकेका छन् । उनी लामो समयदेखि सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका छन् । राजनीतिलाई स्वार्थरहित समाज सेवा बनाउनको लागि जिल्ला सचिव पदमा उम्मेदवारी दिएको उनको भनाइ छ ।
उनी गाउँ तहहँुदै बालकुमारी कलेजमा नेविसंघ र तरुण दल जिल्ला सदस्य भएका छन् । युवा विद्यार्थी संघको ५ वर्ष क्षेत्रिय संयोजक समेत भएका हुन् ।
यस्तै मंगलपुरस्थित सेतीदेवी सामुदायिक वन उपभोक्ता समितिको ३ वर्ष अनुगमन सदस्य, ३ वर्ष अनुगमन संयोजकहुँदै एक कार्यकाल अध्यक्ष (३ वर्ष) समेत भएका हुन् । हाल उनी उक्त वनको सल्लाहकार समिति सदस्य समेत हुनुहुन्छ ।
त्यस्तै शरणपुर टोल विकास संस्थाका संस्थापक सचिव हुनुहुन्छ भने दुर्गा माध्यमिक विद्यालय, ढड्डाघारी माध्यमिक विद्यालय, आधार माध्यमिक विद्यालयका वर्तमान सल्लाहकार समिति हुनुहुन्छ । उनी विभिन्न दर्जन बढी संघसंस्थामा समेत आवद्ध रहँदै आएका एक क्रियाशील व्यक्तित्व हुनुहुन्छ ।
वि.सं. २०२१ सालतिर गोरखा भच्चेकबाट चितवन बसाइसराइँ गरेका अधिकारी परिवार उनको मंगलबारको दुर्गा माध्यमिक विद्यालयमा पढाइ आरम्भ भएको हो भने बालकुमारी कलेजमा अध्ययन गरेका हुन् ।
युवा नेता अधिकारी राजनीतिक जीवनबाट उदाएर नेपाली काङ्ग्रेसको संगठनमा समर्पित गरेका उनी जिल्लाका सालिन, भद्र र लोकप्रिय युवा नेताका रुपमा पहिचान बनाउन सफल व्यक्तित्व हुन् ।
नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा चितवनमा पनि काँग्रेसको विभिन्न पदका लागि आंकाक्षीहरु बढ्दै गएका छन् ।
- ADVERTISEMENT -

काँग्रेसकै पृष्ठभूमि भएका अधिकारीको जिल्ला सचिवमा उम्मेदवारी
September 2, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
