April 29, 2025

गलत सूचना दिने एक महिला पक्राउ

September 3, 2021
Photo : Halkaro
- ADVERTISEMENT -

चितवन / प्रहरीलाई गलत सूचना दिने एक महिला पक्राउ परेकी छन् । भरतपुरकै अस्पतालमा सरसफाइ गर्ने ती महिलालाई गलत सूचना दिएकोले बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा जिल्ला कोल्बी स्थायी घर भई हाल भरतपुर महानगर पालिका वडा १२ बस्ने ४५ बर्षीया राजकुमारी चौधरी रहेकी जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
प्रवत्ता थापाका अनुसार ती महिलाले विभिन्न व्यक्तिबाट ऋण रकम लिएर तिर्नपर्ने रकमको भाखा नाघेपछि अपहरणको नाटक गरी गलत सूचना दिएकी थिइन । चौधरी अपहरणमा परेको खबरको आधारमा प्रहरीले खोजी कार्य सुरु गरेको उनले भने ।
‘एसपी साबले ती महिलालाई कल गर्दा आफू दशलाख रकमसहित अपहरणमा परेको भनेर गलत सूचना दिइन् ।’ थापाले भने, ‘ती महिलाले आफूलाई एनएमबी बैंक, मालपोत शाखाबाट दशलाख रकम निकालेर आउने क्रममा अपरिचित व्यक्तिले आफूलाई अपहरण गरी जंगल नजिकको झुपडीमा बन्धक बनाएर राखेको भनी गलत सूचना दिएकी थिइन ।’
प्रहरीले चौधरीमाथि म्याद गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

- ADVERTISEMENT -