Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ५ वटा चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

प्रकाशित मिति : २०७८ भाद्र १८ गते

चितवन / चितवनमा काठमाडौं उपत्यकाबाट चोरी गरिएका विभिन्न कम्पनीका ५ वटा चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । चोरीका मोटरसाइकल बुलेट दुई थान, पल्सर २२० सीसी दुई थान, पल्सर एनएस एक थानसहित दुई जना पक्राउ परेको शुक्रबार प्रेस सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरी प्रमुख अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. २१ पार्वतीपुर बस्ने वर्ष ३१ का रोदित श्रेष्ठ र बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. ६ बस्ने वर्ष २५ का कृष्ण साह हुन् ।
प्रहरीले निजहरुबाट बरामद गरेका मोटरसाइकलहरु प्रदेश २–०३–००६प ३५५८ नं. को पल्सर मोटरसाइकल २२० सीसी (वास्तविक नं. बागमती प्रदेश ०२–०२३प ४०१७), बागमती प्रदेश ०२–०२०प २४२८ नं. को २०० सीसी एनएस पल्सर मोटरसाइकल (वास्तविक नं. बागमती प्रदेश ०२–०२३प ०२१३) रहेका छन् ।
यस्तैगरी बागमती ०२–०२२प ५३७५ नं. को बुलेट मोटरसाइकल, बागमती २–०१८प ३३४१ नं. को अर्को बुलेट मोटरसाइकल १ थान र नम्बर प्लेट नभएको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकल १ थान रहेका छन् ।
त्यस्तै मोटरसाइकल चोरीमा प्रयोग हुने तथा खोलजोड गर्ने पार्टपूर्जाहरु, चोरीका पुराना सामान झिकिएका मोटरसाइकलहरु, विभिन्न पार्टपूर्जाहरु, सवारी दर्ता प्रमाणपत्र ४५ थान र विभिन्न जिल्लाका नागरिकता प्रमाणपत्रको खाली कार्ड १८ थान समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई चोरी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ भने मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिम ३ वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23