चितवन / प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस)ले आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरेको छ । उक्त संस्थाको वित्तीय साक्षरतासम्बन्धी तालिम नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले प्रशिक्षण दिएका थिए ।
तालिममा नेफ्स्कूनका उपाध्यक्ष अधिकारीले खर्च र आम्दानीको सन्तुलन गर्न सके मात्र वित्तीय व्यवस्थापनको सिद्दान्त, आर्थिक क्षमता बलियो हुने बताए । हालको कोभिड–१९ को विषम परिस्थितिमा खर्च र आम्दानी सन्तुलन गर्न जरुरी भएको उनको भनाइ थियो ।
कोभिड–१९ ले सबै क्षेत्र प्रभावित पारेकोले सहकारी नै साथी हुन सक्ने संस्थाका अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले उनले बताए । उनले सहकारीमा सबै शेयर सदस्यहरुको समान अस्तित्व रहेको र आफ्नो आर्थिक अवस्था बलियो बनाउने सहयात्रीको रुपमा सहकारी नै हुने उनले भने ।
कार्यक्रममा सचिव साधना पोख्रेलले सहकारी र सदस्यहका विषयमा प्रकाश पार्नु भएको थियो । सहकारीको सबैभन्दा ठुलो धन भनेको सदस्य हो भने सदस्यहरुको आर्थिक अवस्था बलियो भएमात्रै सहकारी बलियो हुन सक्ने उनको धारणा थियो ।
प्रभात साकोसको वित्तीय साक्षरतासम्बन्धी तालिम
September 3, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
