चितवन / भरतपुर महानगरपालिका वडा नम्बर १० बालमन्दिर आधारभूत बिद्यालयमा अटिजम बिषेश बिद्यालय स्थापना गरिएको छ । यस बिद्यालयमा अटिजम भएका बालबालिकाहरुलाई पठनपाठन गराइने छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिद्यालयको उद्घाटन गर्नुहुर्दै नेपालमानै पहिलो पटक अटिजम बिषेश बिद्यालय स्थापना गरिएको बताउनुभयो ।
अटिजम भएका बालबालिकाको अभिभावकले दुःख वेहोर्नु परेको भन्दै उहाँले यसलाई व्यवस्थित बनाईने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अटिजम साँचै पिडा दायी समस्या हो । यसले घर परिवार आफन्तलाई समेत ठूलो समस्या दिदै आएको छ ।” यो समस्या केही हद सम्म न्यूनिकरण गर्नका लागि यो बिद्यालय स्थापना गरिएको हो । कार्यक्रममा उपप्रमुख पार्बती शाह ठकुरीले यो काम जटिल भए पनि प्रत्यक्ष रुपमा बालबालिकाहरु लाभान्वित हुने भएकाले आबश्यक सहयोगका लागि सबै संग अनुरोध गर्नु भयो ।
सो अबसरमा जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुना कुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा, महानगरका प्रबक्ता अरुणपिडित भण्डारी, नेपाल बाल संगठनका अध्यक्ष रविकिरण पौडेल,अटिजम केयर सोसाईटि चितवनका प्रमिला न्यौपाने लगाएतले बोल्नु भएको थियो ।
महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेनद्र प्रसाद पौडेलले अटिजम जन्मजात अपाङ्ग भएको भन्दै उमेर बिकास संगै अन्य सिपमा बिकास हुन कठिनाई भएर कुनै पनि कृयाकलाप दोहो¥याउने कार्य यस्ता बालबालिकाले गर्ने बताउनुभयो । उनीहरु एक्लै बस्न रुचाउने, अर्काले बोलाउँदा राम्रो संग नबोल्ने जस्ता समस्या हुने गरेको उहाँले बताउनुभयो । बिषेश शिक्षा प्रणालीबाट उनिहरुको पढाइ गर्ने भन्दै उहाँले नेपालमानै पहिलो पटक भरतपुर महानगरपालिकाले अभिभावकत्व ग्रहण गरेर बिद्यालय संञ्चालनमा ल्याएको बताउनुभयो ।
महानगर क्षेत्र भित्र मात्र ४० जना हाराहारी यस्ता बालबालिका हुने अनुमान गरिएको छ । ती वालवालीकालाई दिउँसोको समयमा खाना, पढाई संगै स्यहार सुसार गरिने छ । बिद्यालय सञ्चालनका लागि चालु आर्थिक वर्षमा रु १८ लाख खर्च हुने अनुमान गरिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपालमा पहिलो पटक अटिजम विषेश बिद्यालय स्थापना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80













