२०८२ श्रावण १, बिहीबार
July 17, 2025
२०८२ श्रावण १, बिहीबार
July 17, 2025 Thursday

निषेधाज्ञा भदौ ३१ सम्म, सबै खुले, सिनेमा हल बनेन अझै सहज

प्रकाशित मिति : २०७८ भाद्र १९ गते

चितवन / चितवनमा जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गर्दै थप निषेधाज्ञामा केही खुकुलो पार्दै लगिएको छ । चितवन जिल्लामा कोरोना संक्रमण दर र मृत्युदर घट्दै गएपछि निषेधाज्ञा खुकुलो बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ ।
जारी सूचनामा यातायातमा जोर विजोर प्रणाली र होटल रेष्टुरेण्टको खुल्ने समयावधि पनि थपिएको छ भने सिनेमा हल भने निषेध नै गरिएको छ । यातायातमा जोर विजोर हटाइएको, होटल रेष्टुरेण्टको खोल्ने समयतालिका बढाइएको सूचनामा उल्लेख छ ।
स्मार्ट लकडाउन सहित विद्यालयको अवस्था हेरेर असोज १ गतेबाट खोल्न अनुमति दिइने, पार्टी प्यालेस मा ५० प्रतिशत क्षमता मात्र रहने गरी खोल्न पाइने उनले प्रशासनले जनाएको छ ।
धार्मिक मठ मन्दिर अनुष्ठानहरुमा नियमित दैनिक नित्य पूजा गर्न पाइए पनि भीड भएर गरिने सांस्कृतिक तथा सामाजिक गतिविधिहरु गर्न पाईने छैन । अन्य आदेशहरु पहिलेकै नियम अनुरुप चल्नेछन । आदेशमा संक्रमित दर थप घट्दै गएको खण्डमा जारी गरिएको निशेधाज्ञाको समयाअवधि भित्रनै आदेश संशोधन एवं पुनरावलोकन गर्न सकिने उल्लेख छ ।
यसअघि जारी निषेधाज्ञा भोलि आइतवार राति १२ बजे सकिंँदैछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -