२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा १८९७ मा कोरोना भाइरस संक्रमण पुष्टि

प्रकाशित मिति : २०७८ भाद्र २१ गते
- ADVERTISEMENT -

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभर पीसीआर विधिबाट ११ हजार ६०९ र एन्टिजेन विधिबाट ४ हजार ३७० जनामा परिक्षण गर्दा १ हजार ८९७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको सोमबार प्रेस ब्रिफिङ मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ७० हजार ७५९ र एन्टिजेनबाट ८५ हजार ४५९ जना पुगेको छ ।
यस्तै, आज थप १७४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख २८ हजार ९२८ जना पुगेको छ । निको हुनेको दर ९४।६ प्रतिशत छ ।
संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ८५८ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -