नवलपुर / यातायात व्यवस्था कार्यालय कावासाेती नवलपुरले सवारी चालक अनुमति पत्रको सेवा सुरु गरेको छ । भदौ २५ गते लिखित परीक्षा र भदौ २७ गतेदेखि ट्रायलको परीक्षा खुल्ला गरेको सोमवार सूचना जारी गरी जानकारी दिएको छ ।
निमित्त कार्यालय प्रमुख ज्ञानप्रसाद भुषालद्धारा जारी सूचनामा वैशाख १२ देखि वैशाख १५ गते बुधवार सम्म बायोमेट्रिक लिइएका वर्ग ए मोटरसाइकल, स्कुटर, कार जीप र डे भ्यानमा फारम फरेकाहरुलाई भदौ २५ गते लिखित परीक्षा लिइने उल्लेख छ । भानुचोक स्थित अक्सफोर्ड ट्रायल सेन्टरमा शुक्रवार परीक्षा हुने कार्यालयले जनाएकाे छ ।
काेराेना भाईरस (काेभिड १९) महामारीलाई ध्यान दिदै एक पटकमा ५० जना मात्रै परीक्षाहलमा प्रवेश गराईने कार्यालयकाे सूचनामा उल्लेख छ । वैशाख ९ गते लिखित परीक्षा उत्तीर्ण गरेकाहरु मध्य कार जीप,डेलिभरी भ्यानमा फारम भरेकाहरुले भदौ २७ गते, मोटरसाइकलका लागि भदौ २८ र स्कुटरका लागि भदौ २९ गते ट्रायल दिन पाउने गरी सूचना जारी गरेको छ।
कावासोतीमा सवारी चालक अनुमति पत्रको सेवा सुरु
September 7, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
