मकवानपुर / प्रदेश प्रमुखको कार्यालय बागमतीमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । बुधबार नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको सपथ कार्यक्रममा सूचना संकलनार्थ पुगेका पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको हो ।
प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद भट्टले मुख्यद्वारमा सुरक्षाकर्मी तैनाथ गरी पत्रकारलाई प्रवेशमा रोक लगाएका हुन् ।
पत्रकारले कोरोना सार्छन् भन्दै सचिव भट्टले प्रवेशमा रोक लगाएका थिए।
सूचना संकलनका लागि सो कार्यालय परिसरमा पुगेका पत्रकारहरुले क्यामेर गेट अगाडि राखेर धर्नासमेत दिएका थिए ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले प्रदेश प्रमुख कार्यालयका सचिवद्वारा संचारकर्मीलाई सूचना संकलनमा बन्देज लगाउने प्रयास गरिनु निन्दनीय भएको बताएका छन् । जनतालाई सुसूचित गराउन अहोरात्र खटिएका पत्रकारलाई प्रवेशमा रोक लगाउने कार्यप्रति उनले भत्सर्ना गरेका छन् ।
‘मँ पनि त्यहाँ पुगेको थिएँ । पत्रकारलाई प्रवेश निषेध गरेपछि म मात्रै सपथ कार्यक्रममा सहभागी भइन, बरु पत्रकारहरुसंगै धर्ना बसेँ ।’
आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन र पत्रकारलाई सहजै सूचनाको पहुँचमा पुग्ने व्यवस्था मिलानसमेत अध्यक्ष गौतमले माग गरे ।
यस विषयमा तु खबरले सचिव भट्टसंग कुरा गर्दा उनले कोरोना संक्रमणको जोखिम कायमै रहेकोले प्रवेशमा रोक लगाइएको बताए ।
उनले भने ‘पत्रकारहरुबाटै कोरोना सर्ला भन्ने जोखिम भो । पत्रकारहरु बिल्ला भिरेर हुलका हुल आउँछन् अनि कसरी छिराउनु त ?’
सचिव भट्टले राजनीतिक दलका कार्यकर्ता र घरजग्गा व्यवसायीलाई भने भने सपथ कार्यक्रममा प्रवेश गर्न दिएका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

समाचार संकलनमा पत्रकारलाई रोक, मन्त्री र राज्यमन्त्रीको सपथ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48












